मोरङमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

मोरङमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

 

विराटनगर। विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । उनको शवलाई आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतक पुरूषको कोरोना रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । ३ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

डा. यादवका अनुसार विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेको मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको थियो । शुक्रबार मृत्यु भएकोसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सम्बन्धित खवर