अबैध नदिजन्य पदार्थ उत्खन्न गर्ने विरुद्ध उदयपुर प्रशासनको कडाई

अबैध नदिजन्य पदार्थ उत्खन्न गर्ने विरुद्ध उदयपुर प्रशासनको कडाई

उदयपुर : उदयपुरमा अबैध रुपमा बालुवा, गिटी र ढुङगा चोरी निकासी गर्ने समुहलाई प्रशासनले कडाई गर्न थालेका छ।

जिल्ला भित्र प्राकृतिक स्रोत साधनहरु अनाधिकृत रुपमा गरिने दोहन चोरी निकासी गर्ने समुहहरुलाई नियन्त्रण गर्नका लागि नँया प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे आए सँगै कडाई गरेका छन ।

बर्षातको समयमा नदिजन्य पदार्थ उत्खन्नलाई सरकारले रोक लगायता पनि उदयपुरमा भने उत्खन्न तथा चोरी निकासी नरोकिए पछि प्रजिअ पाण्डेले कडाई गरे सँगै अबैध रुपमा उत्खन्न गरि उदयपुरगढी गाँउपालिका ७ बलान खोलामा थुपारे र राखिएको २८ सय घण मिटर ढुंगा प्रशासनले नियन्त्रण गरेको छ ।

बालुवा, गिटी र ढुङगा चोरी निकासी कार्यले गाँउपालिका ७ को कोल्टे गाँउनै विस्थापित हुने अस्वथामा रहेको छ । केही दिन पहिले मात्र प्रहरीले सोहि खोलाबाट ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सक्रियता बढायो : एसपी दाहाल
जिल्ला भित्र अबैध रुपमा कुनै पनि गतिविधी गर्ने व्यक्ति वा समुहलाई नछोड्ने र कानुनको दायरामा ल्याउने उनले बताए ।

दाहालका अनुसार, ‘विषेश गरि जिल्ला भित्र नदिजन्य पदार्थहरुको उत्खन्न गरि बालुवा, गिटी र ढुङगाको चोरी निकासी बढि भएकाले प्रहरीले यसलाई रोक्नलाई सक्रियता बढाएको बताए ।’

बलान खोलाको दोहनले सिचाईको नहरनै भत्कियो
अबैध रुपमा बालुवा, गिटी र ढुङगा चोरी निकासीको कार्यले सिचाईको नहरै भत्काइदिउको छ ।

पाँच सय घर परिवारका लागी तीन करोड २० लाख लागत निर्माण गरिएको नहरनै भत्काएर बिचौलियाले ढुँगा, बालुवा उत्खन्न गर्ने गरेको पाइएको छ । अबैध खोला उत्खन्नले गाँउनै विस्थापित हुनका साथै दशौं विगाहा खेत बगाइदेको छ ।

प्रहरीकै मिलेमतोमा चोरी निकारी
प्रहरी र वन कार्यालयका कर्मचारीकै मिलेमतोमा चोरी निकारी हुने गरेको स्थानीय शुभनारायण यादवले आरोप लगाए ।

उनका अनुसार “प्रहरीमा उजुरी गर्दा प्रहरीले बिचौलियालाई फोन गरेर हामी पक्राउ गर्न आउँदैछौं, तिमीहरु भाग्नु भनेर प्रहरीले नै भगाउने गरेको बताए ।” यो विषयमा आफु नयाँ भएकाले थाहा नपाएको र प्रहरीको मिलेमतो भए अनुसन्धान गरेर कार्वाही गर्ने एसपी दाहाल बताए ।

स्थानीय लाई धाक धम्की
बलान खोला उत्खन्न गरेको विषयमा स्थानीयले विराध जनाउँदा स्थानीय सामुदायिक वनका अध्यक्ष र्शेपा बहादुर खप्पागीले ज्यान मार्ने धम्की दिएको स्थानीय रुद्र बहादुर खत्रीले बताए ।

स्थानीयका अनुसार फोनबाट प्रहरीलाई खबर गर्नेको उल्टै प्रहरीले नै बिचौलियालाई नम्बर दिने गरेको र बिचौलियाका कारण असुरक्षित भएको गाँउलेहरुले बताएकाछन ।

प्रहरीको विस्वास नभए मलाई फोन गर्ननुस स्थानीयलाई आफ्नो मोवाइल नम्बर दिदै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेल बताए।

गाँउपालिका बेखबर
आफ्नै गाँउपालिकामा दशौं बिगाहा खेत बगाउँदा र गाँउ १५ भन्दा बढी घर विस्थापित हुदाँ आफुलाई कुनै जानकारी नआएको र वडाध्यक्षले खबर नगरेको गाँउपालिका अध्यक्ष मान बहादुर केप्पछाकी मगरले बताए ।

साथै वडाध्यक्ष कर्णमाया मगरले भन्ने, वडामा निवेदन नआएकाले आफुले कुनै पनि कारवार्ही गर्न नसकेको बताईन।

आईइ गरेर ढुंगा बिक्रि वितरण गर्नका लागि टेन्डर खोल्न बिचौलियाका कारण नसकिएको समेत गाँउपालिका अध्यक्ष केप्पछाकी मगरले बताए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: