कोरोनाका कारण सिरहामा पहिलाे मृत्यु

कोरोनाका कारण सिरहामा पहिलाे मृत्यु

राजेन्द्र महतो, लहान
सिरहामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका एक युवकको मृत्यु भएको छ । सिरहाकाे गोलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको हो।

किडनीको बिरामी रहेका उनको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताएका छ्न्।

गत तीन वर्ष देखि किड्नीको समस्या रहेका ती युवकको बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियोे । ती युवकाे शव बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सिरहा ल्याउने तयारी भैरहेको छ ।

उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले बताएका छन्। कोरोना भाइरसबाट मृत्यु भएको सिरहामा यो पहिलो घटना हाे ।

सम्बन्धित खवर