राजेन्द्र महतो, लहान
सिरहाका १७ स्थानीय तह मध्ये १२ स्थानीय तहले कोरोना भाइरसको नाममा भएको खर्चको विवरण सार्वजनिक गरेका छ्न् । सिरहाका स्थानीय तहहरुमामा कोरोनाको नाममा आर्थिक अनियमितता, भ्रष्टाचार र व्यापक असन्तुष्टिहरु देखिएपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेपछि आजको बैठकमा १२ स्थानीय तह र दुई स्वास्थ्य कार्यालयले खर्चको विवरण सार्वजनिक गरेका हुन् ।
कोरोना भाइरस (कोभिड १९) मा भएको खर्चको बिबरणमा सबैभन्दा बढि सिरहा नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैया र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेका छ्न् ।
त्यस्तै गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८ सय १६ रुपैया, धनगढीमाइ नगर पालिकाले ५५ लाख ९४ हजार ६ सय ३३ रुपैया, लहान नगरपालिकाले १ करोड ९८ लाख ४० हजार ७८ रुपैया, मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ, बिष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७ सय १० रुपैया, बरियारपट्टि गाउँपालिका १ करोड ५७ लाख २३ हजार ७ सय ६७ रुपैया, नरहा गाउँपालिकाले ७३ लाख ५९ हजार २ सय ४९ रुपैया, लक्ष्मीपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैया र औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैया खर्च विवरण सार्वजनिक गरेका छन् ।
त्यस्तै सिरहाका दुई स्वास्थ्य कार्यालयले पनि खर्च सार्वजनिक गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च बिबरण सार्बजनिक गरेका छ्न् ।
सिरहाका १७ स्थानीय तह मध्ये ५ स्थानीय तहले कोरोना खर्च विवरण सार्वजनिक गरेका छैनन् । खर्च विवरण सार्वजनिक नगर्नेमा कल्याणपुर नगरपालिका, सुखिपुर नगरपालिका सखुवानन्कारकट्टि गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिका रहेका छ्न् ।