रंगेलीमा कोरोनाको संन्त्राश, फर्साडागी क्षेत्र सिलसंगै नगर लकडाउन गरिने

रंगेलीमा कोरोनाको संन्त्राश, फर्साडागी क्षेत्र सिलसंगै नगर लकडाउन गरिने

किरण न्यौपाने, रंगेली

रंगेली नगरपालिकाले रंगेली बजारलाई थप ३ दिन शिल राख्ने सहित कोरोनाबाट मृत्यु भएका रंगेली ८ को क्षेत्रलाई समेत शिल गर्ने निर्णय गरेको छ। विहिबार रंगेली नगरपालिकाको कोभिड क्राईसिस मेनेजमेन्ट कमिटीको बैठकले रंगेली ८ चिहानडाढा, फर्साडाँगी र झमनपुर इलाका सिल गर्ने निर्णय गरेको हो ।

रंगेली नगरपालिकाका मेयर दिलीप वगडीयाले निर्णय बारे जानकारी दिदै भने ‘अरू वडाहरुमा समेत लकडाउन रहने र लकडाउन वडाहरुमा २ धण्टाको समयमा अति आवश्यक सामान किनमेलका लागि समय दिएको तर शिल क्षेत्रमा पुर्ण प्रतिवन्ध रहने छन् ।’

बैठकले रंगेली अस्पतालको चिकित्सकहरुसंग राय परामर्श गरेर रंगेली अस्पताललाई कोभिड अस्पताल बनाउने विषयमा समेत छलफल गरेको छ तर निर्णय भने भएको छैन । यता संक्रमितसंगको कन्ट्राक्ट ट्रेसिङ गरेर स्वाव संकलन कार्यलाई निरन्तरता दिने निर्णय समेत बैठकले गरेको छ ।

 

सम्बन्धित खवर