पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

राजेन्द्र महतो, लहान

सिरहामा पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
सिरहाको नरहा गाउँपालिका ५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर स्थानीय रामेश्वर शर्माका ३ वर्षीय छोरा राज शर्माको मृत्यु भएको हो ।

पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालक शर्मालाई स्थनीयवासी सहित अभिभावकले उद्धार गरेर उपचारका लागि नरहा स्वास्थ्य चौकीमा पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बालकको शव पोस्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित खवर