तनहुँको शुक्लागण्डकीमा चितुवाको आक्रमणबाट १८ महिने बालकको मृत्यु

तनहुँको शुक्लागण्डकीमा चितुवाको आक्रमणबाट १८ महिने बालकको मृत्यु

तनहुँ : तनहुँको शुक्लागण्डकीमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाले आक्रमण गर्दा स्थानिय विष्णुकुमार रानाका छोरा रोहन रानाको मृत्यु भएको हो ।

बुधबार साँझ घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीयले खोजी गर्दा घरबाट केही पर जिपे बाझोगरा भन्ने स्थानमा बालकको दाहिने हात र टाउको मात्रै फेला परेको बताइएको छ ।

गत साउन १७ गते मात्रै जिल्लाको आबुखैरेनी–१ समस्तिपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् ।

विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर