पोखराका आइसोलेशन वार्डहरु भरिए, संक्रमितहरु घरमै बस्नुपर्ने !

पोखराका आइसोलेशन वार्डहरु भरिए, संक्रमितहरु घरमै बस्नुपर्ने !

पोखरा : पोखरामा कोरोना संक्रमितहरुलाई राख्ने आइसोलेसन वार्ड भरिएको छ । विशेषगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित गण्डकी अस्पतालमा निर्माण गरिएको आइसोलेशन वार्ड भरिएको हो ।

सो वार्डको क्षमता ४० जनाको मात्र छ । पोखरामा बुधबार र बिहीबार मात्र १५ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेशन वार्ड भरिएका हुन् । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यका अनुसार अस्पतालमा आइसोलेसनको क्षमता बढाउन नसके थप संक्रमित राख्ने अवस्था छैन ।

निको भएका विरामीलाई घर फर्काएर केही सिट व्यवस्था गर्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको हो । ‘अर्को कुरा होम आइसोलेसन कार्यविधि पनि बनेको छ । होम आइसोलेसनमा बस्न सक्नेहरुलाई हामीले होम आइसोलेसनमा नै बस्न सुझाव दिएका छौं’, जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्य भन्छन् ।

कास्की कै लेखनाथस्थित लेखनाथ लायन्स अस्पताल पनि विशेष अस्पतालको रुपमा काम भइरहेको उनले बताए । केही दिनमा त्यसको काम पूरा भएपछि संचालनमा ल्याउने तयारी भइरहेको आचार्यले जानकारी दिए ।

गण्डकी प्रदेशमा ट्राभल हिस्ट्री नभएका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यसले सम्बन्धित निकायलाई तनाव उत्पन्न गराएको छ । कोरोना संक्रमित यसरी बढ्लान् भन्ने कल्पना समेत सरोकारवाला अहिले आत्तिन थालेका छन् ।

 

सम्बन्धित खवर