किरण न्यौपाने, रंगेली
पछिल्लो समय मोरङको रंगेलीमा समुदाय स्तरमै कोरोना देखिए लगतै आज रंगेलीका एक ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । मृतक रंगेली नगरपालीका ८ चिहानडाढाका हुन् ।
उनको कुनै ट्राभल डिस्ट्री नभएको बुझीएको छ । गएराती देखि एक्कासी ज्वरो आएपछी आज विहान सास समेत फेर्न समस्या भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अञ्चल अस्पताल लगिएको थियो । उपचारका लागि लैजादै गर्दा बाटो मै मृत्यु भएको हो । मृत्युपछि कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखाएको कोशी अञ्चल अस्पताल विराटनगरका मेसुलाई उदृत गर्दै रंगेलीका मेयर दिलीप वगडीयाले जानकारी दिए ।
मृतक ४५ वर्षीय पुरुष केही दिनअघि रंगेली स्थीत नेपाल विधुत प्राधीकरणमा विधुत मिटर लिन गएको बुझिएको छ । उनले एक साता अधि वडा कार्यालयबाट विधुत मिटरको सिफारीस लिएको वडाध्यक्ष ढकप्रसाद आचार्यले जानकारी दिए । यसअघि रंगेली अस्पतालका ३ जना स्वास्थ्यकर्मी, नेपाल विधुत प्राधिकरणका ५ जना कर्मचारी सहित रंगेलीको एकै परिवारका १४ जना सहित २२ जनामा कोरोना पोजेटिभ देखाएको थियो ।
आज नै बिराटनगर ९ का ४५ वर्षीय अर्का एक पुरुषको पनि कोरोना भाइरसका कारण मृत्युभएको छ ।