पर्सामा बुधवार १५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
तीमध्ये नारायणी अस्पतालको प्रयोगशालामा १४७ जना, काठमाण्डूमा दुई जना र भक्तपुरमा एक जना भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १७ जना बारा सिमरा क्वारेन्टिनमा बसेका, वीरगञ्ज कारागारका प्रमुखसहित कैदीबन्दी एवम् कर्मचारी रहेको मेडीकल सुपरीटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिएका छन्।
कारागारका २७ जना लगायत प्रहरी, सैनिक र महानगरपालिका कर्मचारी रहेको उनले बताए।
सङ्क्रमितहरूमा ५ वर्षको बालकदेखि ७४ वर्षका वृद्धसम्म रहेका उपाध्यायले जानकारी दिए।
उपाध्यायका अनुसार हाल पर्सामा सङ्क्रमितको सङ्ख्या ७०० भन्दा माथि पुगेको छ ।