उदयपुर : जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्वर ७ अधेँरीस्थित नेपालटार सव डिभिजन वन कार्यलयको भवन लागि शिलान्यास भएको छ ।
बुधबार एक कार्यक्रका बिच प्रदेश सासंद नारायण बुर्जामगर र रौतामाई गाँउपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले संयुक्त रुपमा नेपालटार सव डिभिजन वन कार्यलयको भवन शिलान्यास गर्नुभएको हो ।
भवनको शिलानयास गर्दै‘ प्रदेश सासंद मगरले भवनको निर्माण समयमै हुने र भवन निर्माण पछि सामुदायिक वनको थप संरक्षणमा सहयोग पुग्ने बताउनुभयो।’
दुई त्तलाको भवन निर्माण हुने नेपालटार सब डिभिजन बन कार्यालय अधिकृत देब चन्र्द गोइतले बताउनुभयो ।
उक्त भवन निर्माणको लागि प्रदेश १ को वन तथा वातावरण मन्त्रालायवाट ५६ लाख ९३ हजार रकम उपलब्ध भएको भवन निमार्ण समितीका अध्यक्ष भिम बस्नेतले जानकारी दिनुभयो ।
सामुदायिक वन समुहले जग्गा उपलब्ध गरे पछि प्रदेश सरकारले भवनको लागि योजना परेको स्थानीय सोम बस्नेतले बताउनुभयो ।
भवन निमार्णका लागि उदयपुरगढीका सामुदायिक वन समुहहरुले निःशुल्क करिब ३ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । भवन निर्माणको ठेक्का ‘युएस आर’ निर्माण सेवा कम्पनीले पाएको छ ।