काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संक्रमितको संख्या बढे पनि फेरि लकडाउन नगर्ने बताएका छन्। उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन फेरि लकडाउन गर्ने सम्भावना नहरेको जानकारी दिनुभएको हो ।
प्रधानमन्त्रीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको जानकारी दिँँदै उहाँले भन्नुभयो, “सरकारले स्वास्थ सुरक्षा मापदण्ड पूरा गर्दै आर्थिक क्रियाकलापलाई अगाडि बढाउने प्रयास गरेको छ। त्यसबाट पछाडि फर्कनेभन्दा परिमार्जन गरेर अगाडि बढ्नुपर्छ।”
अर्थमन्त्री डा. खतिवडाले भीडभाड हुने क्षेत्रहरू सञ्चालनमा हतार नगर्ने, तर फेरि आर्थिक क्षेत्र ठप्प नपार्ने संकेत गर्नुभयो। उहाँका अनुसार यातायात, शैक्षिक संस्था र भीडभाड हुने क्षेत्र तत्काल खुल्ने सम्भावना छैन।
यस्तै, कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले विज्ञहरू गरेको छलफलका क्रममा सरकारले खोल्न अनुमति नदिएका क्षेत्रलाई प्रभावकारी रूपमा लागू गर्न विज्ञहरूको सुझाव दिएको उहाँले बताउनुभयो।




