कास्की : गण्डकी प्रदेशमा बुधबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार दिएको अपडेट अनुसार प्रदेशको कास्की जिल्लामा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमित ९ जना नै कास्कीको पोखरा महानगरपालिकाका रहेका छन् । संक्रमित १७ देखि ५७ बर्षसम्मका पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ३५४ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ५५२ पुगेको छ ।