उर्लाबारीमा एक महिलामा कोरोना पुष्टि

उर्लाबारीमा एक महिलामा कोरोना पुष्टि

उर्लाबारी, उर्लाबारीमा पनि एकजनामा कोरोना पुष्टि भएको छ । उर्लाबारी ४ मोरङकी २६ वर्षीय महिलामा मंगलबार कोरोना पुष्टि भएको नगरका स्वास्थ्य सहसंयोजक सुरेश खड्काले जानकारी दिए ।

उनलाई भोली कोरोना अस्पताल विराटनगर लगिने भएको छ । भारतबाट साउन पहिलो साता उर्लाबारी आएकी ति महिला उर्लाबारी ६ स्थित राधिका माविको क्वारेन्टाईनमा बस्दै आएकी थिइन् । उनको साउन १४ गते स्वाब संकलन गरिएको थियो । उर्लाबारी नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाईनमा हाल ४० जना रहेका छन् ।

 

सम्बन्धित खवर