अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण, अधिकांस प्रहरी कर्मचारी

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण, अधिकांस प्रहरी कर्मचारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरुमध्ये अधिकांश संक्रमितमा प्रहरी कर्मचारी रहेका छन् ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्ट्रयाक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।

सम्बन्धित खवर