लकडाउन खोलेसँगै कोरोना संक्रमीतको संख्या ह्वात्तै बढ्यो

लकडाउन खोलेसँगै कोरोना संक्रमीतको संख्या ह्वात्तै बढ्यो

 

काठमाण्डौं – सरकारले लकडाउन खोलेसँगै कोरोना संक्रमीतको संख्या ह्वात्तै बढेको छ। सोमबार मात्रै ४ सय १८ नयाँ संक्रमित थपिएका छन्। लकडाउन खुल्नुपूर्व यो संख्या १ सय मात्र थियो। यो अवधिमा काठमाडौं उपत्यका लगायत तराईका जिल्लामा समेत संक्रमितको संख्यामा वृद्धि भएको छ।

लकडाउन खुकुलो भएको पहिलो दिन ३ जना संक्रमित रहेकोमा साउन १९ गते आइपुग्दा उपत्यकामा एकैदिन ५२ जना पुगेका छन्। यो अवधिमा मात्र २ सय ६६ जना संक्रमित भइसकेका छन्। नयाँ संक्रमितसहित देशभरिमा २० हजार ७ सय ५० जना पुगेका छन्। ती मध्येमा ७२।१ प्रतिशत अर्थात् १४ हजार ९ सय ६१ जना निको भएका छन्। सोमबार सबैभन्दा बढी कैलालीमा ६९ जना, काठमाडांै उपत्यकामा ५१, सप्तरीमा ५१, मोरङमा ४६ तथा धनुषा र महोत्तरीमा ३० जना संक्रमित भएका छन्।

हाल नेपालभरिमा ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित छन् भने १८ हजार ९ सय ७ जना क्वारेन्टिनमा छन्। सबैभन्दा बढी प्रदेश २ मा २३ सय ५७ जना र सुदूरपश्चिममा १५ सय ४१ जना संक्रमित छन्।

सोमबार उपत्यकामा पुष्टि भएका संक्रमित केही दिनअघि संक्रमित भएका अख्तियारका व्यक्तिको सम्पर्कमा रहेका, प्रहरी मुख्यालयका प्रहरी तथा अन्यको सम्पर्कमा रहेकाहरू हुन्। यी संक्रमित भारत तथा तराईबाट आएका, प्रहरी, फर्पिङ तथा अन्य नाकामा संकलन गरिएका नमुनाको रिपोर्टमा भेटिएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनी अबका दिनमा जोखिम समूहको पहिचान गरी छिटो परीक्षण गर्ने र आइसोलेसनको व्यवस्था गरेमा नियन्त्रण गर्न सकिने बताउँछन्। गाउँको तुलनामा सहरी महानगरपालिकाले खास कार्य गर्न नसकेको उनको आरोप छ। यो रोग हावाबाट समेत सर्ने भएकोले हावा नचल्ने कोठामा जम्मा भएर बस्न नहुने र सरकारले परीक्षण बढाउनुपर्ने उनको सुझाव छ।

उपत्यकामा संक्रमित संख्या ८ सय ३२

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ सय ३२ पुगेको छ।

हालसम्म काठमाडौं जिल्लामा मात्रै ६ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ। तीमध्ये ३ जनाको मृत्यु भएको छ। त्यस्तै ४ सय ४५ जना कोरोना संक्रमति उपचारपछि निको भएका छन् भने २ सय १५ जना उपचाररत छन्।

लकडाउन खुला गरेसँगै काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिममा छ। सरकारले साउन ६ गते रातिदेखि लकडाउन अन्त्यको घोषणा गरे पनि कोरोना संक्रमणको दर घटेको छैन। लकडाउन खुला गरेपछि दुई हप्ताको अवधिमा काठमाडौं उपत्यकामा मात्रै २ सय ६६ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यकामा २०७६ पुष २८ गते पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो। त्यसको दुई महिनापछि अर्थात् चैत १० गते दोस्रो व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। चैत ११ गतेदेखि सरकारले मुलकमा लकडाउन गरेको थियो। त्यसपछि भने ाट्टफुट्ट संक्रमित भेटिएका थिए। हाल उपत्यकामा दिनानुदिन संक्रमित थपिदै गएका छन्। पछिल्लोसमय उपत्यका संक्रमणको हटस्पट बनेको छ।

सम्बन्धित खवर