एक साताका लागि जनकपुरधाममा निषेधाज्ञा जारी

एक साताका लागि जनकपुरधाममा निषेधाज्ञा जारी

 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा पनि आजबाट निषेधाज्ञा जारी गरिएको छ ।
सोमवार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी भएको धनुषाका सिडिओ प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सात दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

निषेधाज्ञापछि जनकपुरधाम सुनसान बनेको छ । सडकमा ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् ।
पसल, कलकारखा, उधोग र होटलहरु समेत बन्द छ । बजारमा चहल-पहल छैन् । सिटी रिक्सासहितका सवारी साधन ठप्प छ ।

अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर अर्थात् सडकमा निस्किए कारवाही गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहनेछ ।

जनकपुरस्थित मुख्यमंत्री तथा मंत्रिपरिषद्को कार्यालयका चार जना, सामाजिक विकास मन्त्रालयका तीन जना, प्रादेशिक अस्पतालका २ डाक्टरसहित १८ जनामा समेत कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित खवर