कोसी अस्पतालमा उदयपुरका एक पुरूषको मृत्यु, स्वाब संकलन गरिँदै

कोसी अस्पतालमा उदयपुरका एक पुरूषको मृत्यु, स्वाब संकलन गरिँदै

 

विराटनगरको कोसी अस्पतालमा उदयपुरका एक पुरूषको मृत्यु भएको छ।

उनलाई ज्वरो, श्वासप्रश्वास र वाकवाकी लाग्ने समस्या देखिएपछि अस्पताल लगिएको थियो।

५५ वर्षीय उनको गए राति साढे १२ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए ।

दासका अनुसार, ‘उहाँलाई विराट नर्सिङले राति रिफर गरिदिएको थियो। साढे १२ बजेतिर बेडमा भर्ना गर्न खोज्दाखोज्दै उनको मृत्यु हो।’

अहिले मृतकको शव अस्पतालमै राखिएको छ। मृतकको स्वाब संकलन गरिएको छ।

स्वाबको नजिता आएपछि त्यही अनुसार शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

सम्बन्धित खवर