प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी हस्तान्तरण

प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी हस्तान्तरण

कास्की : गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई आज एक समारोहका बीच चाबि हस्तान्तरण गरे । मुख्यमन्त्री गुरुङले हस्तान्तरण गरिएका सवारी साधनहरुको अवलोकनसमेत गरेका थिए ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउन गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल पल्सर १८, TVS अपाचे ५ र बुलेट ५ थान हस्तान्तरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट उल्लेखनीय कार्य भईरहेको बताउँदै हस्तान्तरण गरिएका सवारी साधनहरुले प्रहरी काम कारवाहीमा चुष्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

सम्बन्धित खवर