सञ्चार क्लवको १७ औँ वार्षिक साधारण सभा, पुरस्कार र सम्मान गर्दै समापन

सञ्चार क्लवको १७ औँ वार्षिक साधारण सभा, पुरस्कार र सम्मान गर्दै समापन

उर्लाबारी, सञ्चार क्लव नेपालको १७ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा ४ जना सञ्चारकर्मी र नगरप्रमुखलाई सम्मान गर्दै सम्पन्न भएको हो ।

क्लवले दाताराम पद्मावती खतिवडा स्मृति पुरस्कारबाट पत्रकार नवराज भट्टराई र यलिना दियालीलाई पुरस्कृत गरेको हो । यस्तै लीला–गोमा आचार्य स्मृति पुरस्कारबाट पत्रकार तेजन खड्का र विजय धिमाललाई पुरस्कृत गरियो । दुवै पुरस्कारको पुरस्कार राशी जनही ५ हजार १ रुपैया रहेको थियो ।

यसैवर्षबाट सञ्चार क्लवले नगरमा उत्कृष्ट कार्या सम्पादन गर्ने व्यक्तिलाई सम्मान गर्न थालेको छ । यस वर्षको नगरको उत्कृष्ट व्याक्तिको रुपमा उर्लाबारीका नगर प्रमुख खड्ग बहहादुर फागोलाई सम्मान गरिएको छ । नगरमा विकास निर्माण देखि कोरोनाको विश्व महामारीका बिचमा पनि हालसम्म नगरमा कोरोना मुक्त राख्न समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै क्लवले सम्मान गरेको हो । आगामी वर्षबाट पूर्वी मोरङमा काम गर्ने उत्कृष्ट संस्थाहरु मध्येबाट संस्था सम्मानलाई पनि जोड्ने क्लवका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

क्लवले आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदनलाई संसोधन सहित स्वीकृत गरेको छ । आगामी वर्षलाई अझ सहज बनाउनका लागि पत्रकार पुरस्कार कार्यविधि २०७७ समेत पास गरेको छ । क्लवले विधानका आवश्यक बुदाँहरु समेत संसोधनका लागि सभाबाट पास गराएको छ । क्लवमा यस वर्ष ४५ जना सदस्यहरुले सदस्यता नविकरण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख खड्ग बहादुर फागोले आगामी वर्षहरुमा क्लवलाई अझ व्यवस्थीत बनाउनका लागि खेल्नुपर्ने भूमिकाका लागि आफु सदैव तयार रहेको बताए । क्लवको आफ्नै भवन निर्माणका लागि समेत आफु लाग्ने फगोले प्रतिवद्धता जनाए ।

सम्बन्धित खवर