विद्यालयको भवन निर्माणको रकम प्रअ, ठेकदार कसैलाई थाहा छैन्, कसरी हुन्छ यस्तो सेटिङ ?

विद्यालयको भवन निर्माणको रकम प्रअ, ठेकदार कसैलाई थाहा छैन्, कसरी हुन्छ यस्तो सेटिङ ?

विराटचौक, विद्यालयको भवन निर्माणको कुरा सोही विद्यालयका प्रधानध्यापक (प्रअ) लाई समेत थाहा नहुनु अचम्मको कुरा हो । प्रअलाई मात्रै हैन यहाँ त स्वयं निर्माणको जिम्मा पाएका ठेकेदारलाई समेत आफुले कतिमा निर्माणको जिम्मा लिएको समेत थाहा छैन् ।

मोरङको सुन्दरहरैँचा ६ मा रहेको बुद्ध आधारभूत विद्यालयको हातामा निर्माणाधिन अवस्थामा रहेको भवन कति रकम निर्माण हुदैछ भन्ने कुरा आफुलाई थाहा नभएको प्रअ पवन राईले बताए । तराइ मधेस समृद्धि कार्यक्रम मार्फत ४० लाख रुपैँया आएको थाहा भएको तर कति रकममा निर्माणको ठेक्का लाग्यो आफु अनविज्ञ रहेको राईले बताए । प्रअलाई मात्रै हैन यो भवनको काम कति रकममा भइरहेको छ भनेर विद्यालय सञ्चालक समितिका अध्यक्षलाई समेत थाहा छैन् ।

भवन निर्माणको जिम्मा पाएको माँ ऊँ बिराट निर्माण सेवाका प्रमुख अमरदिप खड्काले समेत आफुले कतिमा निर्माणको जिम्मा लिएको भन्ने थाहा नभएको बताए । उनले भने, ‘यो निर्माण कतिमा हुँदैछ भन्ने मलाई जानकारी छैन् । निर्माण चाहिँ हुँदै थियो असार २५ गतेबाट निर्माण गर्दा गर्दै साइटबाट हटेको अवस्था छ । हामीले काम गरे सम्मको रकम लिने हो । कति लियौँ त्यो पनि थाहा छैन् ।’ निर्माण कम्पनीले नै यसरी गैर जिम्मेवार जवाफ दिएपछि नगरका कर्मचारीको मिलेमतोमा काम भइरहेको प्रसस्तै आशंका उब्जिएको छ ।

सो योजना ४४ लाखमा सम्झौता गरेर काम अगाडी बढेको वडा अध्यक्ष जीवन कुमार राईले बताए । नगरपालिकाले ६९ लाखको लागत अनुमान गरेर ठेक्का आह्वान गरेको जनाएको छ । प्रक्रियामा जाँदा ४१ लाख १४ हजार ३ सय ३३ रुपैयाँमा ठेक्का लागेको कुरा विद्यालय, वडाध्यक्ष र निर्माण सेवाका सञ्चालकलाई समेत पत्तो छैन् । नगरपालिकाले असार २५ गतेसम्मको मूल्याङ्कनका आधारमा १६ लाख ९७ हजार ७ सय ३२ रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले बताए ।

तराई मधेस समृद्धि कार्यक्रमका लागि भदौमा बजेट आए पनि नगरपालिकाले भने चैत २० गते मात्र सम्झौता गरेर निर्माण सेवा कम्पनीले जेठ १६ गतेदेखि काम शुरु गरेको थियो । असारे कामले गर्दा अहिले सम्म भवन निर्माण सम्पन्न भएको छैन् । असार २५ देखि साइटबाट हटेको निर्माण कम्पनीले अब भवन निर्माण सम्पन्न कहिले गर्छ अन्यौल नै छ । यस्ता विषयमा नगरपालिका मौन बसेको छ । तीन कोठाको सो भवनमा हाल टाइबिमको काम सकेर भर्खर इँटा जोड्ने मात्रै काम शुरु भएको छ ।

२ तले भवनको नक्सा पेश गर्दा नगरले वास्तै गरेर

यो भवन निर्माणमा विद्यालयका शिक्षकले असन्तुष्टि जनाएका छन् । विद्यालयका शिक्षक युवराज आचार्यले विद्यालयले ४० लाखमा २ तले ६ कोठे भवन निर्माण गर्न नक्सा पेश गर्दासमेत नगपालिकाबाट ३ कोठाको मात्र निर्माणका लागि ठेक्का लगाएको प्रति उनले गुनासो गरे । यहि भवन निर्माणका लागि विद्यालयले आफै काम गर्दा ४० लाखमा २ तलाको ६ कोठाको भवन निर्माण गर्न सक्ने तर नगरले सोही भवन ३ कोठा मात्रै निर्माण गर्न कसरी ४४ लाख लाग्छ ?

विद्यालयले भवन निर्माणमा लाग्ने लागतका बारेमा ठेकेदार र इञ्जिनियरलाई पटक पटक सोद्धासमेत किन रकम चाहियो, भवन चाहिएको होइन ? भन्ने जवाफ दिने गरेको शिक्षक आचार्यले बताए । नगरका कर्मचारीले गरेको यो हर्कतले सुन्दरहरैँचामा चरम रकमको दुरुपयोग हुनेगरेको छर्लङ्ग छ तर यहाँका जनप्रतिनिधि, स्थानीय राजनैतिक दलहरु भने मौन बसेका छन् ।

यसअघि पनि जेष्ठनागरिक भवन निर्माणमा समेत २८ लाख लाग्ने भनेर चरम रकमको दुरुपयोग गरेका समाचारहरु आएका थिए ।
गत आर्थिक वर्षमा तराई मधेस समृद्धि कार्यक्रम मार्फत् सुन्दरहरैंचामा ५ करोड रकम विनियोजन भएको थियो । सो कार्यक्रम मार्फत् आएको बजेटमा पछिल्लो समय निर्माण भएका संरचनाका बारेमा तिब्र जनगुनासो आउने गरेको छ ।

यो पनि पढ्नुस्

२८ लाखे भवनको फायल नै लुकाए कर्मचारीले, जनप्रतिनिधी देखि कर्मचारी सम्मको मिलेमतो (भिडियो सहित)

सम्बन्धित खवर