विराटनगरको पीयू डिन कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

विराटनगरको पीयू डिन कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगरको संकाय डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिभएपछि कार्यालय बन्द गरिएको छ ।

विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका प्रमुख सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि कर्मचारीलई गोठगाउँस्थित मेडिलक कलेजमा भर्ना गरिएको छ । अहिले डिन कार्यालयका १७ जना कर्मचारीको बिहीबार स्वाब संकलन गरिएको छ ।

सम्बन्धित खवर