समुदायस्तरमा कोरोना फैलिएपछि कटारी बजार बन्द

समुदायस्तरमा कोरोना फैलिएपछि कटारी बजार बन्द

 

उदयपुर : उदयपुरको कटारीमा कोरोनाको जोखिम बढेको भन्दै नगरपालिकाले बजार बन्द गरेको छ।

समुदायस्तरमा कोरोना फैलिन सक्ने जोखिम बढेपछि कटारी नगरपालिकाले बजार बन्द गर्ने निर्णय गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बजार बन्दको निर्णय संगै बिहानै बजारमा प्रहरीहरु बाक्लो संख्यामा परिचालन गरिएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार कटारी मोडल हेल्थ केयर प्रालिमा उपचारका लागि आएकी ताप्ली गाउँपालिका –२ निवासी एक महिलामा सोमबार कोरोना संक्रमणको पुष्टि भएपछि बजारमा त्रास फैलिएकोले बजार बन्द गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

ति महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि मोडेल हेल्थ केयर प्रा.ली. कटारीबाट विराटनगर रेफर गरिएको मोडेल हेल्थ केयरका संचालक तथा डाक्टर गणेशलाल दासले जानकारी दिनुभयो ।

उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी नतिजा नआएसम्म अत्यावश्यक कामबाहेक बजारका सबै क्षेत्र बन्द गर्ने निर्णय भएको उपमेयर भिमकुमारी राउतले बताउनुभयो।

‘आज बुधबारदेखि सबै बन्द गराउने निर्णय गरेका छौं। अत्यावश्यक कामका लागि पनि अनिवार्य मास्क प्रयोग गर्न र नगरवासीलाई सचेत रहन माईकिङ गर्नेलगायतका कार्यलाई निरन्तरता भैरहेको मेयर श्रेष्ठले बताउनुभयो।’

नगरपालिकाले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम न्यूनिकरणका लागि अत्यावश्यक कामबाहेक व्यापार व्यवसाय, सवारी, कार्यालय, होटल व्यवसाय सबै क्षेत्र बन्द गरिएको उल्लेख गर्दै सूचना जारी समेत गरेको छ।

हेल्थ केयर प्रा.ली.अस्पताललाई सिल गरिएको छ । ति कोरोना संक्रमण देखिएको महिलाको विराटनगर स्थित कोभिड अस्पतालमा उपचार भैरहेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो।

सुवेदीले जिल्ला जनस्वास्थ्यको टोली ताप्ली गएर थप अनुसन्धान गरेपछि मात्रै समुदायस्तरमा संक्रमण देखिएको हो, होइन भन्ने थाहा हुने बताउनुभयो । कटारी मोडेलका अस्पतालका स्वास्थकर्मीहरुको शुक्रवार स्वाब संकलन गरी परीक्षणको लागी पठाइनेको छ ।

सम्बन्धित खवर