गण्डकीमा थप पाँच जनामा कोरोना संक्रमण

गण्डकीमा थप पाँच जनामा कोरोना संक्रमण

कास्की : गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजा , बागलुङ, तनहुँ र म्याग्दी जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दीका २ जना पुरुष र अन्य जिल्लाका १/१ पुरुषका संक्रमण देखिएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

सम्बन्धित खवर