विश्वविद्यालयमा उपकुलपति रिक्तप्रति अनेरास्ववियुको ध्यानाकर्षण

विश्वविद्यालयमा उपकुलपति रिक्तप्रति अनेरास्ववियुको ध्यानाकर्षण

पाेखरा : अनेरास्ववियु नेपाल इन्जनियरिङ कलेज (नेक) कमिटी र पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले संयुक्त रुपमा पोखरा विश्वविद्यालयमा उपकुलपतिलगायतका पदाधिकारीहरु खाली रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

बिगत १० महिनादेखी पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार, परिक्षा नियन्त्रक, डिनलगायत अन्य धेरै पदाधिकारीहरु रिक्त रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपाल इन्जनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको प्रवेशद्धार गेट अगाडि विभिन्न नारा बोकेको प्ले कार्ड देखाई उनीहरुले ध्यानाकर्षण गराएका हुन् । त्यसैले यस समस्याको छिटो भन्दा छिटो समाधानका निम्ति कुलपति (सम्माननीय प्रधानमन्त्री), सहकुलपति (माननीय शिक्षामन्त्री) ले यथाशीघ्र चाँडो कदम चालिदिन हुन उनीहरुको अनुरोध छ । आफनो मागलाई बेवास्ता गर्ने चेष्टा कतैबाट भयो भने आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि उनीहरुले दिए ।

बिगत १० महिनादेखी पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार, परिक्षा नियन्त्रक, डिनलगायत अन्य धेरै पदाधिकारीहरु रिक्त रहेको छ । यस्ता महत्त्वपूर्ण पदाधिकारीहरुबिहिन भइरहँदा विश्वविद्यालय शैक्षिक गतिविधि, परिक्षा, प्रशासनिक कार्यलगायत नियमित काम कारबाही नै ठप्प भएको छ । यसले गर्दा बिद्यार्थीको भबिष्यमाथि गम्भीर कुठाराघात भएको छ । यस्तो चरम लापरबाहीले अनेरास्ववियुको ध्यानाकर्षण भएको जनाएको हो ।

सम्बन्धित खवर