कैलालीको धनगढीदेखि टीकापुर सत्तीसम्मको हुलाकी सडक स्तरोन्नति गरिँदै

कैलालीको धनगढीदेखि टीकापुर सत्तीसम्मको हुलाकी सडक स्तरोन्नति गरिँदै

गोदावरी : कैलालीको धनगढीदेखि टीकापुर सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नतिको कार्य अघि बढेको छ ।

हुलाकी सडक आयोजना कार्यालयअन्तर्गत सडक स्तरोन्नतिका लागि ठेक्का भई निर्माणकार्य अघि बढेको हो । धनगढीको क्याम्परोडदेखि तीन किलोमिटर सडक चार लेन बनाइने छ भने अन्य ४१ किलोमिटर सडकलाई दुई लेनका रुपमा सो सडकलाई स्तरोन्नति गरिने भएको जनाइएको छ ।

सो सडककको स्त्तरोन्नतिका लागि चार चरणमा ठेक्का गरिएको हुलाकी सडक आयोजनाले जनाएको छ । धनगढीको क्याम्पसरोडदेखि कनरीसम्म रु ३७ करोड, कनरीदेखि फूलबारीसम्म रु ३२ करोडको सम्झौता भएको हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पद्म मडैले बताउनुभयो ।

उहाँका अनुसार कान्द्रा नदीदेखि सत्तीसम्म रु ३२ करोड ६२ लाखमा सम्झौता गरिएको छ भने फूलबारीदेखि कटैनीसम्म रु २७ करोड ९६ लाख ७५ हजारमा सम्झौता गरिएको छ । यी सबै सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शौचन्दा जोशी जेभीले गत असार ३० गते ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीले कार्यअघि बढाउन अहिले सर्भे गरिरहेको बताउँदै सूचना अधिकारी मडैले भन्नुभयो, “अहिले स्त्तरोन्नति हुन लागेको हुलाकी सडक विगतको भन्दा नयाँ प्रविधिबाट काम हुनेछ ।

धनगढीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर हुलाकी सडकको चौडाइ अहिले जम्मा तीन दशमलव ७५ किलोमिटर रहेको छ । अहिले नेपाल सरकारबाट निर्माणाधीन हुलाकी सडकको चौडाइ सात मिटर रहेको छ । पुरानो सडकलाई पनि अलकत्रा प्रविधिमार्फत नै स्तरोन्नति गरिने जनाइएको छ ।

सम्बन्धित खवर