पोखराको जिएमसीमा एक स्टार्फ नर्समा पनि कोरोना पुष्टि

पोखराको जिएमसीमा एक स्टार्फ नर्समा पनि कोरोना पुष्टि

पोखरा : पोखराको गण्डकी मेडिकल कलेजकी एक स्टार्फ नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन उपचार भई डिस्चार्ज भएकी नर्समा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको कास्कीका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । ३० वर्षीया ती नर्स केही दिन देखि बिदामा रहेको अस्पताल स्रोतले पोखरा न्युजलाई जानकारी दिएको छ । कोरोना पुष्टि भए सँगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्न सुरु भएको उनले जनाइएको छ ।

यस अघि आजै पोखराको मणिपाल अस्पतालका डाक्टरमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरका दुई जना सहित आज मात्रै गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर