मणिपाल शिक्षण अस्पतालका चिकित्सक नै कोरोना संक्रमित

मणिपाल शिक्षण अस्पतालका चिकित्सक नै कोरोना संक्रमित

पोखरा : पोखरास्थित मनिपाल शिक्षण अस्पतालका एक डाक्टरमा नै कोरोना संक्रमण पुष्टि भएको छ । मेडिकल वार्डमा कार्यरत ती डाक्टर आइतबारसम्म बिरामीको जाँचमा खटिएको बताइएको छ ।

मनिपाल कलेजमा एमडी पहिलो वर्षमा पढ्ने ती युवक मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन् । मनिपाल शिक्षण अस्पतालकै आवासमा बस्ने ती युवा चिकित्सक एमबीएस पास गरेर सोही अस्पतालमा पोस्ट ग्राजुयट (पीजी) गर्दै थिए । उनी एमडीका पहिलो ब्याचका विद्यार्थी हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोान नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टि भएपछि ती डक्टरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।

डक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी भइरहेको छ ।

मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएका मानिसहरुलाई निगरानीमा राख्ने प्रयास भइरहेको बताइन्छ ।

सम्बन्धित खवर