पुर्वाधार विकास कार्यक्रममबाट शान्तिवनमा ढल

पुर्वाधार विकास कार्यक्रममबाट शान्तिवनमा ढल

कास्की : पोखरा– ९, शान्तिवनमा ढल तथा स्ल्याव बनाइएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय पुर्वाधार विकास कार्यक्रमअन्तर्गत ती पूर्वाधार बनेका हुन् ।

पुर्वाधार विकास कार्यक्रमको ७ लाख ९० हजार तथा २ लाख ४८ हजार १ सय ८० रुपैयाँको स्थानीय जनश्रमदानसहित १० लाख ४० हजार ३ सय ३६ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले ढल तथा स्ल्याबको उद्घाटन गर्दै समुदाय स्तरको सचेतना र अपनत्वमा भएको विकास दीगो र प्रभावकारी हुने बताइन् । गण्डकी प्रदेशसभाका सदस्य रामजी बरालले अब लामो समयसम्म भूमीहीन र सुकुम्बासी नरहने दावी गरे । क्षेत्री समाज नेपालका अध्यक्ष तथा प्राडा दिलबहादुर क्षेत्रीले जहाँ आवश्यकता त्यहाँ विकास निर्माण लैजानु पर्ने सुझाव दिए ।

शान्तिवन ढल तथा स्ल्याब निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर– ९का सदस्य राममाया मानन्धर, निर्माण अनुगमन समितिका संयोजक प्रकाश शर्मा, निर्माण समितिका कोषाध्यक्ष पुर्खबहादुर मगरलगायतका वक्ताले विकास निर्माणका विषयमा बोलेका थिए ।

सम्बन्धित खवर