सोमबार रतुवामाईमा थपिए ११ संक्रमित

सोमबार रतुवामाईमा थपिए ११ संक्रमित

 

मोरङको रतुवामाई नगरपालिकाका ११ जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालको ल्याबमा गरिएको परीक्षणमा सोमबार दिउँसो आएको रिपोट अनुसार ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएका भारतबाट केही दिन अगाडि आएका हुन् । उनीहरू भारतबाट आएपछि रतुवामाइ नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका पुरूष हुन् ।

गत साउन ९ गते रतुवामाइ नगरपालिका १ सरस्वती मावि र सिजुवा माविमा बनाएको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका ३८ जनाको स्वाब संलकन गरेर प्रदेशको जनस्वास्थ्य ल्याबमा परीक्षण गर्न पठाएको रतुवामाइ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख सन्तोष साहले जानकारी दिनुभयो ।

सम्बन्धित खवर