लायन्स कैलाश चौतारीद्धारा क्रियापुत्री भवन परिसरमा वृक्षरोपण

लायन्स कैलाश चौतारीद्धारा क्रियापुत्री भवन परिसरमा वृक्षरोपण

पोखरा : लायन्स क्लब अफ पोखरा कैलाश चौतारीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १६ वाटुले चौरमा रहेको क्रियापुत्री भवन परिसरमा आईतबार वृक्षरोपण तथा गोडमेल गरियो ।

कार्यक्रमको लायन्स क्लब इन्टरनेशनल ३२५ वि १ का डिष्ट्रिक्ट ट्रि प्लान्टेशन डिपार्टमेन चिफ टिकाराम सापकोटाले उद्घाटन गर्दै लायन्स क्लबहरुले आफुले वार्षिक रुपमा गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदैं सामाजिक कार्यमा लायन्सका सदस्यहरु अग्रसर हुनुपर्ने वताउनु भएको थियो ।

सो अवसरमा रिजन चियर पर्सन पुष्पकुमारी आचार्य, जोन तियार पर्सन तिर्थराज आचार्यले क्लबले हरेक वर्ष वृक्षरोपण लगाएतका मानविय सेवा तथा दिर्घकालिन सेवाका कार्य गर्दै आएको वताउनु भएको थियो ।

क्लबका संस्थापक अध्यक्ष यादवप्रसाल पोखरेल, पुर्व अध्यक्ष नवराज वाग्ले, निवर्तमान अध्यक्ष तुलबहादुर थापा, कार्यक्रम संयोजक क्लबका सहकोषाध्यक्ष विष्णु नारायण श्रेष्ठले क्लबले वृक्षरोपण गरेता पनि रेखदेख तथा संरक्षण स्थानिय व्यक्तिले गरिदिनुहुन आग्रह गरेका थिए ।

क्लबका अध्यक्ष एकनारायण पनेरुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रेम सुवेदीले गर्नु भएको थियो ।

सम्बन्धित खवर