पोखरा : पोखराको पर्यटकीय स्थल डेभिस फल “पाताले छाँगो” कोरोना महामारीका कारण यतिबेला ठप्प बनेको छ । लकडाउन खुले पनि प्रशासनको अनुमति नपाउँदा छाँगो खुल्न सकेको छैन ।
छाँगो सञ्चालन गर्दै आएका छोरेपाटन माविका अध्यक्ष लक्ष्मण थापाका अनुसार प्रशासनको अनुमति पाएसँगै पर्यटकका लागि खोल्ने तयारी गरिएको छ । सरसफाई सहित त्यहाँका कर्मचारीलाई तयारी अवस्थामा राखिएको थापाले बताए ।