हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं – अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका–५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपाने रहेका छन् । न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्ने क्रममा काठमाडौं विशाल बजारमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा ढुण्डीराजलाई फेला पारी तलासी लिने क्रममा निजको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर