करदाता सेवा कार्यालय गाईघाटद्वारा कटारीमा कर शिबिर सञ्चालन

करदाता सेवा कार्यालय गाईघाटद्वारा कटारीमा कर शिबिर सञ्चालन

 

कटारी : आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय गाईघाटले जिल्लाको प्रमुख ब्यापरिक केन्द्र कटारीमा शिबिर सञ्चालन गरेर कर संकलन गरेको छ ।

कटारीका ब्यबसायीहरु लाई राजस्व बुझाऊँन सहज होस भन्दै कटारीमा १ दिन शिविर सञ्चालन गरिएको छ। शिबिरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय उदयपुर गाईघाटको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सुमन बुढाथोकीले बताउनु भयो ।

कार्यालको सेवा पहुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालय प्रमुख बुढाथोकीको भनाई छ ।

शिविरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत बुढाथोकीले बताउनु भयो । करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गर्ने कर कहिले तिर्ने,आयकरमा भएको संसोधन, छूट तथा सुबिधा जस्ता बिषयहरुमा अन्तर्क्रिया समेत भएको कर अधिकृत बुढाथोकीले बताउनु भयो ।
यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले शिबिरबाटै कर तिर्ने ब्यबस्था गरीदिन शिबिर राखिदिन कार्यालयलाई आग्रह गरेको उदयपुर उधोग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताउनु भयो ।

वर्षातको समय घुर्मी-कटारी-मिरचैया सडक त्रासदी पूर्ण यात्रा गरेर गाईघाटमा कर बुझाउनको निम्ति जानु पर्ने र यहिँ कर बुभाउन पाउँदा समयको पनि बचत भएकाले खुसी व्यक्त गरेका हुन् । कटारीमा चलेको शिविरमा कर बुझाउन आएका कटारी नगरपालिका वडा नम्बर १४ घुर्मी निवासी नारायण प्रसाद धमलाले करदाता शिक्षा नहुँदा धेरै साना व्यवसायीहरु मर्कामा परेको बताउनु भयो ।

कहिले कर तिर्ने, कुनकुन व्यवसाय गर्दा कर तिर्नु पर्छ भन्ने जस्ता बिषयमा अन्योल रहेकोमा शिविर बाट प्रष्ट भएको धमलाले बताउनु भयो । व्यवसायीहरुले शिबिर भन्दा पनि यहाँ कर संकलन गर्ने कार्यालय नै स्थापना भए साना व्यवसायीहरु कर संकलन गर्ने तथा कर तिर्ने जस्ता बिषयमा जानकारी राख्न पाउने उहाँको भनाई छ ।

शिविरमा ७ सय ५५ जनाले सेवा लिएका थिए। कटारीका व्यवसायीहरुले गाईघाट पुगेर कर तिर्न जाँदा प्रति व्यक्ति ब्याक्ति ४ हजार भन्दा वढि रकम खर्चिनु पर्ने बाध्यता थियो ।
व्यावसायीबाट अन्त शुल्क नवीकरण बाट २० लाख ३० हजार, आयकर ३ सय ६३ जना बाट ३ लाख ६३ हजार गरेर २३ लाख ९३ हजार राजस्व संकलन भएको कर अधिकृत सुमन बुढाथोकीले बताउनु भयो ।

शिविर बाहेक गाईघाटमा गएर कर बुझाउदा प्रति व्यक्ति ४ हजार भन्दा बढि आउदा जाँदा खचिर्नु पर्ने बाध्यता रहेको उदयपुर उधोग वाणिज्य संघ कटारी महासचिब जमान सिंह बस्नेतले बताउनु भयो।

उहाँले १ दिनको शिविरमा सबै व्यवसायी समेटिन नसकेको भए आगामी दिनमा पनि शिविर राखिने ब्यबसाहीलाई सहज बनाउने बताउनु भयो ।

समय र रकम बचत हुँदा यहाँका व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् । आर्थिक रकम र समयको बचत हुँदा यहाँका व्यवसायीहरुले यस्ता शिविर आमागी दिनहरुमा पनि राख्नु पर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खवर