१५ वर्षीया बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

१५ वर्षीया बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

अर्जुन काफ्ले, पथरी

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बिहिबार राती एक बृद्धलाइ मोरङको केराबारी बाट प्रहरीले नियन्त्रणमा लिएको छ । केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

अपाङ बालिकालाइ १० रुपयाँ पैसा दिने प्रलोभन देखाएर लिम्बुले बलत्कार गरेको प्रहरीले बताएको छ । स्थानियबासिले दिएको जानकारीका आधारमा लिम्बुलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो ।

लिम्बूले बिहीबार दिउँसो ४ बजेतिर बालिकामाथि जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । ललाईफकाई खेतमा लगेपछि १० रुपैयाँ पैसा दिएर बालिकामाथि बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बालिकाको शरीरको एउटा पाटो चल्दैन भने बालिका राम्ररी बोल्न समेत सक्दिनन् । बालिकाका अभिभावकले बलात्कारमा संलग्न लिम्बूलाई कानुनी कारबाहीको माग गर्दै शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर