भट्टराई पोल्टीफर्मले बस्तीमा दुर्गन्ध फैलाएपछि वडामा स्थानीयले बुझाए ध्यानाकर्षण पत्र

भट्टराई पोल्टीफर्मले बस्तीमा दुर्गन्ध फैलाएपछि वडामा स्थानीयले बुझाए ध्यानाकर्षण पत्र

संजय आचार्य

पोखरा : पोखरा महानगर पालिका वडा नं. ३३ मा अवस्थित बिफ्रेको सोतामा संचालित भट्टराई पोल्टिफर्मको कारण वरिपरिका बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले वडा कार्यालयमा ध्यानाकर्षण गराएकाे सञ्जय आचार्यले बताए ।

अतिनै फोहोर र दुर्गन्ध फैलिएको र यस्ले बस्ती र मानव स्वास्थ्यमा गम्भिर असर पारेको भन्दै बस्तीमा रहेका करिब ३ सय जनाको हस्ताक्षर सहित वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्रका अनुसार उत्त फर्म वरिपरि दुर्गन्ध तिब्र बढेको र जनमानसमा गम्भीर रोग फैलन सक्ने देखिएको स्थानीयहरुले बताएका छन् । स्थानियहरुले यस बिषयमा पटक पटक जानकारी दिदा पनि फर्म संचालकले वास्ता नगरेपछि वडामा ध्यानाकर्षण गराएको बताएका छन् । वडाले पनि बेवास्ता गरेमा थप संघर्ष गरीने स्थानीयले चेतावनी समेत दिएका छन् ।

सम्बन्धित खवर