हामी सबै संगसगै कार्यक्रमको पाँचौं संस्करण सम्पन्न

हामी सबै संगसगै कार्यक्रमको पाँचौं संस्करण सम्पन्न

पोखरा : विभिन्न बहु-आयामिक कार्यक्रमहरुद्धारा प्रहरी कर्मचारीहरुमा सकरात्मक सोचको विकास तथा रचनात्मक कार्यशैली मार्फत प्रभावकारी प्रहरी सेवा प्रवाहको विकास गर्ने उदेश्यले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सञ्चालीत साप्ताहिक कार्यक्रम “हामी सबै संगसंगै’’ को पाँचौं संस्करण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक अर्यालले आफूले जागिर अवधिमा अनुभव गरेका विभिन्न आरोह अवरोहहरु तथा अनुभवहरुलाई प्रहरी कर्माचरीहरु समक्ष साझा गर्नुभई विभिन्न घटनाहरु मार्फत जिवनपयोगी ज्ञानहरु समेत प्रस्तुत गर्नुभयो ।

साथै “हामी सबै संगसंगै “कार्यक्रमले प्रहरी कर्मचारीहरुमा मनोरञ्जन भाव एवं क्रियाशिलता पैदा गरि रचनात्मक जिवनशैलीका लागि समेत प्रेरित गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक किरण राणा, प्रहरी उपरिक्षक विनोद शिलवाल लगायत अन्य प्रहरी कर्मचारीहरु सहभागी उक्त कार्यक्रमलाई प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले सहजिकरण गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा अन्य विभिन्न प्रेरणामुलक भिडियो सामाग्रीहरु समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर