मुख्यमन्त्री शेरधन राईको टेबलमा ड्यासबोर्ड शुभारम्भ

मुख्यमन्त्री शेरधन राईको टेबलमा ड्यासबोर्ड शुभारम्भ

 

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले आफ्ना सम्पूर्ण कार्य चुस्त, पारदर्शी एवं सुशासनका साथ गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डको आज शुभारम्भ गर्दै उहाँले प्रदेशलाई प्रविधियुक्त बनाउन लागिपरेको बताउनुभयो । मुख्यमन्त्री राईले आगामी दिनमा बोर्डमार्फत प्रदेशका १३७ पालिका लिङ्क गरी मुख्य योजनाको अनुगमन, सञ्चालन, क्षमता विस्तार एवं छलफल गर्न सकिने धारणा राख्नुभयो ।

प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन बोर्ड उपयोगी हुने विचार राख्नुभयो । बोर्डका प्राविधिक प्रमुख सन्तोष भुसालले मन्त्रालयबीच कामका लागि प्रतिस्पर्धा गरिने र महालेखामार्फत खर्चको विवरण राखिने जानकारी दिनुभयो । स्वीस सरकारको सहयोगमा स्थापित ड्यासबोर्डमा प्रदेशका सबै मन्त्रालय, विभाग, निर्देशनालय, कार्यालय आदिका वित्तीय, भौतिक, कार्य र समग्र प्रगतिको विवरण राखिनाका साथै यसबाट सामाजिक सञ्जाल, विभिन्न रेडियोमार्फत जनतालाई सूचना दिइने छ ।

सम्बन्धित खवर