बेलकामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

बेलकामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

 

उदयपुर : उदयपुरको बेलका नगरपालिका १ आम्बासीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

विहिबार साँझ २ त ५१८२ नम्बरको ट्याक्टरबाट लडेर सोही वडाका ४५ वर्षिय तिर्थ बहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो ।

ट्याक्टरको पछाडीको चक्काले किचेर घाइते भएका कार्कीको उपचारका क्रममा विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको एसपी दाहालले जानकारी दिनुभयो ।

ट्याक्टर चालक र ट्याक्टर प्रहरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर