कमिशनको आरोपमा भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

कमिशनको आरोपमा भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

 

भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई बिहीबार अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उहाँमाथि अस्पतालको सामान खरिदमा रु १६ लाख १३ हजार ७५ कमिशन लिएको अभियोग लगाइएको छ ।

आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर खनाललाई पक्राउ गरिएको छ । आयोगको टोलीले केही दिन अघि नेपालगञ्जस्थित घरेलु तथा साना उद्योग कार्यालयका एक अधिकृतलाई रु ९६ हजार घुससहित पक्राउ गरेको थियो ।

यसैबीच, बाँके प्रहरीले प्रतिबन्धित औषधि कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले गए राति डुडुवा गाउँपालिका–१ पाजाबाट ६५ सिसी कोरेक्ससहित सोही स्थान बस्ने ३० वर्षीय आशिष अहिर र २७ वर्षीय राजकुमार यादवलाई पक्राउ गरेको हो । भारतबाट ल्याइएको उक्त प्रतिबन्धित औषधि कोरेक्स नष्ट गरी आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: