सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु

सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु

 

विराटनगर : सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कि नजिकैको भारत–नेपाल सिमा क्षेत्र दशगजामा तस्कर र सशस्त्र प्रहरीबीचको झडपमा गोली लागेर घाइते भएका स्थानीय २१ वर्षीय साहबाज मियाँको मृत्यु भएको हो ।

शुक्रबार राति नाकामा प्रहरीको हतियार खोस्न खोज्दा प्रहरीले चलाएको गोली युवकको पेटमा लागेको थियो ।

सशस्त्र प्रहरीको हतियार खोसाखोस गर्दा प्रहरीको गोली लागेर घाइते भएका मियाँको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भारतबाट ल्याएको सामान नियन्त्रण गर्ने क्रममा करिब ९ जनाको समूहमा आएका तस्करहरु र गस्तीमा निस्केका सशस्त्र प्रहरीसँग झडप भएको थियो ।

युवकको मृत्युपछि परिवार र आफन्तले क्षतिपुर्तीको माग गर्दै आन्दोलन गरेका थिए ।

जिल्ला प्रशासन सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेलले घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्ने सहमति भएपछि मृतकका परिवारले शव बुझेका छन् ।

सम्बन्धित खवर