काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बिहीबार १ सय ४७ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक अस्पतालमा वीरगञ्ज निवासी ७० वर्षीय वृद्धको मृत्यु भए संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
नेपालमा संक्रमित मध्ये १२ हजार ८ सय ४० जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।