पोखरा विश्वविद्यालयमा नेवि संघकाे रिले अनसन सुरु

पोखरा विश्वविद्यालयमा नेवि संघकाे रिले अनसन सुरु

पोखरा : पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले रिले अनसन सुरु गरेको छ ।

विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विद्यार्थी नेता अनसन बसेका हुन् ।पहिलो दिनको पहिलो चरणमा गोपिकृष्ण तिवारी, राजिव भण्डारी, निरज लामिछाने अनसनमा छन् ।

विश्वविद्यालयमा करीब १० महिनादेखि उपकुलपति र रजिष्टार नियुक्त हुन सकेको छैन ।

यसैबीच नेपाली काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापति सुरेन्द्र बिजुक्छे ,डम्बरबहादुर थापा, सचिव रामजी कोइराला, ध्रुवहरि अधिकारी, सरोज बराल र शिवराजलगायत विश्वविद्यालय पुगेर अनसनमा एक्यवद्वता जनाएका छन् ।

सम्बन्धित खवर