प्रदेश १ का थप चार जना प्रहरी अधिकारीमा कोरोनाको संक्रमण

प्रदेश १ का थप चार जना प्रहरी अधिकारीमा कोरोनाको संक्रमण

 

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरमा आज थप चार जना प्रहरी अधिकारीमा कोरोनाको संक्रमण भएको छ ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश नं। १ प्रहरी कार्यालय विराटनगरले सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको छ ।

सम्बन्धित खवर