उदयपुर : बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।
नगर प्रमुख र कर्मचारीसँगको मतभेदका कारण उपप्रमुख चौधरीले राजीनामा दिने तयारी गरेकी छन् । नगरपालिकाभित्र भ्रष्टाचार, बेथिति, मनलाग्दी बढेको भन्दै उनले राजीनामा दिने बताएकी हुन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले यसबारे जानकारी गराएकी हुन्। फेसबुकमा उनले लेखेकी छन् ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। ‘कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको छु।
कर्मचारी को विषयमा विवाद भएकाले उपमेयर चौधरीको उत्तेजनात्मक प्रतिक्रिया आएको स्थानीयले बताएका छन्। चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकी थिइन्।