हरिदेवी बितेका दिन सम्झदै

हरिदेवी बितेका दिन सम्झदै

हरिदेवी कोइरालाको “कस्ता दिन गए वरै” मौलिक तीजगीत सार्वजनिक गरिएको छ ।

म्युजिक नेपालको अफिसियल युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा ज्येष्ठ नागरिकको सम्मान र पुराना संस्कार, संस्कृति झल्काउँदै गीत तयार गरिएको पाइन्छ ।

२०४० को दशकदेखि निरन्त तीजे सन्दर्भ र महिमालाई समेट्दै आएकी कोइरालाका हालसम्म दुई सय बढी तीज गीत मात्र सार्वजनिक भइसकेका छन् ।

उनको लयशब्द रहेको “कस्ता दिन गए बरै” मा कोइरालासँगै गायिका शान्ति गुरुङ, दुर्गा गुरुङ र लक्ष्मी गिरीले स्वरमा साथ दिएका छन् ।

रामबहादुर कोइराला र हरिदेवीको परिकल्पनामा तयार गरिएको गीतमा बासुदेव पोखरेलको निर्देशन रहेको छ । भिडियोको सम्पादन अशोक आलेले गरेका छन् भने गीतमा सपना र सुस्मिता तिवारीको अभिनय रहेको छ ।

सम्बन्धित खवर