नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

काठमाडौं : बुधबार थप १०० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका
अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ०९४ पुगेको छ ।

मंगलबार १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २०७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको छ।मंगलबार ६०९ जनाले कोरोना  जितेर डिस्चार्ज भएका थिए।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७९ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८सय ४२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३ सय ६८ जनाको उपचार भइराखेको छ ।  मन्त्रालयका अनुसार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिला हुन्। दुवैजनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

सम्बन्धित खवर