“किप क्लिन एण्ड ग्रिन रतुवामाई” भन्ने मुल नाराका साथ विरुवा वितरण

“किप क्लिन एण्ड ग्रिन रतुवामाई” भन्ने मुल नाराका साथ विरुवा वितरण

इटहरा : “किप क्लिन एण्ड ग्रिन रतुवामाई” भन्ने मुल नाराका साथ रतुवामाई जेसीस ले नगर क्षेत्रका किसानलाई विरुवा वितरण गरेको छ । जेसीसले मंगलबार एक कार्यक्रमको आयोजना गरी सार्वजानिक स्थलमा वृक्षारोपणसमेत गरेको थियो ।

जेसीसले नगरपालिकाको झुर्किया बजार, सौठा, दाम्राभिट्टा लगायतका ठाँउमा वृक्षारोपण गर्नुका साथै सर्वसाधरणलाई दुई हजार विरुवा वितरण गरेको हो ।

रुद्राक्ष, टिक, अमला, कपुर, निम लगायत विभिन्न प्रजातिका गरी दुई हजार विरुवा वृक्षारोपण र वितरण गरिएको प्रस्तावित रतुवामाई जेसीसका अध्यक्ष निलम खड्काले जानकारी दिनुभयो ।

रतुवामाई नगरपालिकालाई हरियाली नगरका रुपमा विकास गर्न विरुवा वितरण गरिएको अध्यक्ष खड्काले बताउनुभयो । बजार क्षेत्रकमा पर्ने सडकको सौन्दर्यताका लागि बजार क्षेत्रमा वृक्षारोपण गरिएको भन्दै खड्काले बजारक्षेत्रलाई सुन्दर बनाउनु सबैको दायित्व भएको बताउनुभयो ।

रतुवामाईलाई हरीयाली र सौन्दर्य रतुवामाईका रुपमा स्थापित गर्न जेसीसले “किप क्लिन एण्ड ग्रिन रतुवामाई” कार्यक्रम अघि बढाएको हो ।

सम्बन्धित खवर