रतुवामाई १० मा २१८ वटा व्यक्तिगत घटना दर्ता

रतुवामाई १० मा २१८ वटा व्यक्तिगत घटना दर्ता

इटहरा : गत आर्थिक वर्षमा रतुवामाई नगरपालिका वडा नम्बर १० मा २१८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।

जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता र बसाँईसराई दर्ता अन्र्तगत कुल २१८ व्यक्तिगत घटना दर्ता भएको वडा नम्बर १० को कार्यलयले जनाएको छ ।

गत आर्थिक वर्षमा १०९ जनाको जन्म दर्ता गरिएको छ । जसमा ४६ जना पुरुष र ६० जना महिला रहेका छन् । त्यसै गरी ४६ जनाको मृत्यु दर्ता गरिएकोमा २९ जना पुरुष र १७ जना महिला रहेका छन् ।

एक वर्षको अवधिमा २९ जोडिले विवाह दर्ता गराएका छन् । त्यस्तै ३४ घरपरिवारको बसाँईसराई दर्ता गरिएको छ । जसमा बसाई सरी आउनेको सङ्ख्या १५ रहेको छ भने बसाई सरी जानेको सङ्ख्या १९ परिवार रहेका छन् । बसाई सरी आउने परिवारको सङ्ख्या ५१ छ भने जानेको कुल सङ्ख्या ७० छ ।

गत आर्थिक वर्षमा १० नम्बर वडा कार्यलयमा सम्बन्ध विच्छेदका कुनै पनि घटना दर्ता नभएको वडा सचिव लिला जिमीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर