पहिरोले पुरेर झापामा १ जनाको मृत्यु ३ जना घाईते

पहिरोले पुरेर झापामा १ जनाको मृत्यु ३ जना घाईते

झापा, झापाको बुद्धशान्ति गाउँपालिका ७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएको हो । ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराईली घाईते भएका छन् । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

पहिरोले तेज कुमार बराईलीको घर पुर्ण रुपमा क्षति भएको तथा नजिकै रहेका २ घर उच्च जोखिममा रहेका छन् । जोखिममा रहेका २ घर परिवारका मानिसलाई नजिकै रहेको चर्चमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर